गोजमुमोको पहलमा शिक्षित बेरोजगार युवाहरूको लागि खरसाङमा प्रशिक्षण केन्द्रको उद्घाटन

खरसाङ : शिक्षित बेरोजगार युवाहरूको लागि खरसाङमा गोजमुमोको सहयोगमा केरला बेस कम्पनी अबोदाको प्रशिक्षण केन्द्र खोलिएको छ। खरसाङको धोबीखोला क्षेत्रमा उक्त अबोदा कम्पनीको प्रशिक्षण केन्द्रको आज गोजमुमो केन्द्रीय उपाध्यक्ष आरपी वाईबाको बाहुलीबाट उदघाटन गरियो। यस अवसरमा केरलाको अबोदा कम्पनीका पदाधिकारीहरू लगायत गोजमुमो केन्द्रीय उपाध्यक्ष आरपी वाईबा, केन्द्रीय सदस्य सोनाम याक्खा र केन्द्रीय प्रवक्ता अनिल लोप्चन उपस्थित थिए। यस केन्द्रमा खरसाङ क्षेत्रका शिक्षित बेरोजगार युवाहरूलाई प्रशिक्षण दिने र प्रशिक्षणपछि कम्पनीको तर्फबाट काम दिइने भएको छ। यस विषयमा गोजमुममो केन्द्रीय प्रवक्ता अनिल लोप्चनले पहाड़मा शिक्षित युवाहरूको लागि केरलाको कम्पनी अबोदाको प्रशिक्षण केन्द्र खरसाङमा खोलिएको र यो प्रशिक्षण केन्द्रको लागि गोजमुमो अध्यक्ष बिमल गुरुङले सहयोग गरेको अनि तिनकै पहलमा पहाड़का शिक्षित बेरोजगार युवाहरूको लागि यस्तो काम गर्न सक्ने प्रशिक्षण केन्द्रको उदघाटन आज खरसाङमा गरिएको बताएका छन। तिनले यस केन्द्रबाट युवाहरूले घरमै बसेर अनलाइन प्रशिक्षण लिन सक्ने र तीन महिनापछि कम्पनीको पक्षबाट काम पनि दिने बताएका छन् । यस अवसरमा गोजमुमो केन्द्रीय सदस्य सोनाम याक्खा र अबोदा कम्पनीको पदाधिकारीहरूले पनि सम्बोधन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes