गोजमुमोको साङ्गठनिक सभामा अंश ग्रहण गर्न टोली कोलकाता प्रस्थान

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा केन्द्रिय समितिको तत्वावधानमा हुने साङ्गठनिक सभामा सहभागी हुन सुके मानेभञ्ज्याङ समष्टि, नागरी धजे समष्टि,पोख्रेबुङ चामोङ समष्टि, परमागढ़ी तामसाङ मेरीबोङ समष्टि तथा कैँजले रेलिङ समष्टि आदिको प्रतिनिधि टोली कोलकाता प्रस्थान गऱ्यो। शशी डोमा, पेम्बा शेर्पा, सविता लेप्चा, विश्वास गुरूङ, नरेन छेत्री,विक्रम राई आदिको अगुवाईमा प्रस्थान गर्ने क्रममा केन्द्रिय सदस्य नीमा ग्याल्जेन शेर्पा, सुके मानेभञ्ज्याङ समष्टि उपाध्यक्ष शेखर खवास, सचिव विद्यासागर खतिवड़ा तथा अन्यले साङ्गठनिक सभाको सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *