गोजमुमोको युवा मोर्चा सोनादा पचेङ समष्टिद्वारा विभिन्न ठाउँमा सेनिटाइज

सोनादा : गोजमुमोको युवा मोर्चा सोनादा पचेङ समष्टिद्वारा रिङटङ चियाबारी अन्तर्गत विभिन्न गाउँमा क्वारेन्टाइनमा बसेकाहरूलाई जीटीए मार्फत् खाद्य सामग्री तथा पञ्जा, सेनिटाइजर, माक्स वितरण गरियो। सभापति रबी राईको नेतृत्वमा युवा मोर्चाद्वारा हाल क्वारेन्टाइनमा बसेका मानिसहरूको अवस्थाबारे जानकारी लिँदै कुनै पनि प्रकारको सहयोग चाहिएमा आफूहरूलाई सम्पर्क गर्ने तिनीहरूले बताए। युवा मोर्चाले भ्रमण अवधि विभिन्न गाउँमा सेनिटाइज पनि गर्यो। स्मरण रहोस्, हिजो यहाँको राजदल बस्तीमा एकजना व्यक्ति कोरोना संक्रमित भएपछि नै युवा मोर्चाद्वारा यस क्षेत्रको सेनिटाइज गरिएको हो। कोरोना संक्रमित व्यक्तिलाई सिलगढीको कोभिड अस्पतालमा उपचारको निम्ति लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *