गोजमुमो खरसाङ देवराली समष्टिको सांगठनिक सभा, नारी मोर्चा कमिटी गठन

खरसाङ : खरसाङ देवराली समष्टि अन्तर्गत अप्पर चैतेपानीमा आज गोजमुमो विनय खेमाको साङ्गठनिक सभा विमला लोहागणको अध्यक्षतामा सम्पन्न भयो। समष्टि नारी मोर्चाका सचिव अम्बिका छेत्रीले सञ्चालन गरेको सभामा संगठनलाई कसरी अझ बलियो बनाउने साथै नयाँ सोंच र नयाँ विचार लिएर आफ्नो क्षेत्रमा विकासका कार्यहरू गरिनेबारे सर-सल्लाह गरियो। जीटीए अध्यक्ष अनित थापाले गरेका विविध  विकासमूलक कार्यहरूको उपस्थित सबै पार्टी समर्थकहरूले खुल्ला रुपमा प्रशंसा गरे भने सबैले जीटीए चेयरम्यान अनित थापाको हात बलियो बनाउने सबैले प्रण गरेको बताइएको छ। सभामा अप्पर चैतेपानी नारी मोर्चा कमिटी पनि गठन गरियो जसमा, सभापति बिमला लोहागण, उप सभापति अनुशा रुचाल, सचिव अम्बिका शर्मा, सह-सचिव दुर्गा राई, सांगठनिक सचिव उषा लोहागण, कोषाध्यक्ष प्रतिमा लोहागण लगायत  मुख्य सल्लाहकार सविता राई र सिता रुचाल लगायत 21 जनाको कार्यकारिणी सदस्याहरु सर्वसम्मतिले चयन गरिएको छ। सभामा समष्टि सचिव एवं नगरपार्षद श्याम शेर्पा, समष्टि नारी मोर्चा अध्यक्षा सुष्मा मुखिया, सचिव अम्बिका छेत्री, साङ्गठनिक सचिव ललिता छेत्री, टाउन साङ्गठनिक सचिव गुन्जन शर्मा, युवा महकुमा सदस्य एण्ड्रयुको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *