गोजमुमो खरसाङ महकुमा समितिको नयाँ कमिटी गठन

खरसाङ (निसं) : गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको नयाँ कमिटी गठन गरियो। उक्त कमिटीमा खरसाङ महकुमा समितिको अध्यक्ष पदमा बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छे चयन भएका छन्। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको एक सभा आज खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा शरण देवानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा अध्यक्ष पेम्बा रिम्पोर्छे, कार्यकारी सभापतिमा युर्गेन शेर्पा, उप सभापतिमा साजन डुम्जन, तिलक थापा र हिम्मत देवान, महासचिव रोहित स्याङ्बो, सहसचिव दिपेन्द्र देवान, सुरेशचन्द्र दर्नाल, विकास तिरूवा र अर्पण गुरुङ, कार्यालय सचिव गुञ्जे लामा, सांगठनिक सचिव मधुकर गुरुङ, अल्पसंख्यकमा पास्टर एमडी राई र संयोजक बिजय लामा, भूतपूर्व सैनिकमा सुधीर गुरुङ, मुख्य सल्लाहकार सुरज छेत्री र महेन्द्र प्रधान आदिलाई चयन गरिएका छन्। खरसाङ महकुमा समितिको दुवै मुख्य सल्लाहकारलाई खरसाङबाट केन्द्रीय समितिमा पदोन्नति गरियो। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय सह-सचिव बिमल दर्जी र खरसाङ महकुमा समितिको महासचिव रोहित स्याङ्बोले विस्तृत रूपमा जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *