खरसाङ : गोर्खा जनमुक्ति मोर्चाको 15 औं स्थापना दिवस पहाड़भरि महकुमा स्तरमा पालन गरिने भएको छ। यसै अनुरुप गोजमुमो खरसाङ महकुमा समितिको आयोजनामा पनि पार्टीको 15औं स्थापना दिवस पालन गरिने भएको छ। यस विषयमा आज खरसाङ महकुमा समितिले पत्रकार सम्मेलन गरेर गोजमुमो खरसाङ महकुमा समितिको सचिव रोहित स्याङ्बो र महकुमा समितिका प्रवक्ता राजु सेवाले खरसाङ महकुमा समितिले 15 औं स्थापना दिवस खरसाङको गौरी चियाबारीस्थित सार्वजनिक भवनमा भोली 7 अक्टोबरको दिन पालन गरिने बताएका छन्। गोजमुमोको स्थापना दिवस दार्जिलिङमा भव्य रुपमा मनाउने सोंच रहे तापनि कोरोनाकालको कारणले गर्दा महकुमा स्तरीय रूपमा पालन गरिने भएको बताए। दुवैले गोर्खाहरूको चिन्हारी, अस्मिता बोकेको राजनैतिक दल गोजमुमोको 15 औं स्थापना दिवस पालन गरिने बताएका छन् भने जातिप्रेमी र माटोप्रेमी सबैलाई भोलि हुने स्थापना दिवसमा उपस्थितल भइदिने आह्वान् पनि गरेका छन्।
