गोजमुमो खरसाङ टाउन कमिटीद्वारा सेनिटाइज तथा खाद्यन्न वितरण

खरसाङ : गोजमुमो बिनयपन्थी खरसाङ टाउन कमिटीको आयोजनामा खरसाङ नगरपालिकाको वार्ड नम्बर 14 मा सेनिटाइज कार्य साथै वार्ड नम्बर 13 मा पोजिटिभ पाइएको घरमा खाद्यन्न सामाग्रीहरू वितरण गरिएको छ। गोजमुमो खरसाङ टाउन कमिटीका सांगठनिक सचिव दिपेन्द्र सेवाको अगुवाईमा सम्पन्न सेनिटाइज कार्य गोजमुमो महासचिव अनित थापाको सहयोग र निर्देशनमा सम्पन्न गरिएको थियो। गत केही दिनदेखि गोजमुमो खरसाङ टाउन कमिटीको आयोजनामा खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा सेनिटाइज गर्ने कार्य लगातार रुपमा चलिरहेको छ। यसै क्रमलाई जारी राख्दै टाउन कमिटीको साङ्गठनिक सचिव दिपेन्द्र सेवाको अगुवाईमा आज वार्ड नम्बर 14 मा सेनिटाइज गरियो। यस कार्यमा वार्ड नम्बर 14 को वार्ड पार्षद रबीन तामाङ, गोजमुमो खरसाङ महकुमा समिति सदस्य विधान ब्लोन लगायत वार्ड नम्बर 13 का वार्ड पार्षदिका अमृता लामा पनि उपस्थित थिए। यसै सेनिटाइज कार्य अन्तर्गत वार्ड नम्बर 13 मा पोजिटिभ पाइएको परिवारमा गोजमुमो महासचिव अनित थापाले प्रबन्ध गरिदिएको खाद्यान्न सामग्रीहरू पनि वार्ड पार्षदिका अमृता लामाको बाहुलीबाट प्रदान गरियो। त्यसरी नै रोशनी ग्यासबाट सिलिण्डर ग्यास पनि प्रदान गरिएको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *