गोजमुमो-ले केन्द्र, राज्य र चुनाउ आयोग समक्ष पहाडको विभिन्न मुद्दाबारे माग गर्ने

दार्जिलिङ : गोजमुमो अध्यक्ष विनय तामाङले आज दार्जिलिङमा पत्रकार सम्मेलनको आयोजना गरेर पहाडको विभिन्न मुद्दाहरूलाई लिएर विभिन्न उठानहरू गरेका छन्। तिनले बंगाल सरकार, केन्द्र सरकार र चुनाउ आयोग समक्ष विभिन्न माग राख्ने बताएका छन्। ती मागहरूमध्ये गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट विशेष गरेर राज्य सरकारलाई पर्जा पट्टा, पहाडमा वर्तमान आठ खण्ड विकास क्षेत्रलाई बढोत्तरी गरी पन्ध्र खण्ड विकास हुनुपर्ने औ वर्तमान 112 ग्राम पञ्चायतहरूलाई बढाएर कम्तीमा 173 ग्राम पञ्चायतहरू बनाइनुपर्ने, कालेबुङ जिल्लामा तीन महकुमा बनाइनुपर्नेदार्जिलिङमा अझ एउटा महकुमा अनि मिरिकलाई पूर्ण महकुमाको दर्जा प्रदान गरिनुपर्ने, दार्जिलिङ नगरपालिकालाई कर्पोरेशनको दर्जा दिनुपर्ने अनि मिरिक नगरपालिका पूर्ण नगरपालिकाको दर्जा प्रदान गर्नुपर्ने। यसैगरी, केन्द्र सरकारसँग गोजमुमोतर्फबाट यस प्रकारको मागहरू राख्ने भएका छन्। जसमा :- गोर्खाहरूको चिन्हारी, अस्तित्व र सुरक्षाको माग, सन् 1950-को भारत-नेपाल मैत्री सन्धिको संशोधन अनि धारा (7)-लाई खारेज गरिनुपर्ने, यथाशीघ्र एघारवटा जातिलाई जनजातिको दर्जा प्रदान गरिनुपर्ने, जीटीए क्षेत्रलाई TAX HOLIDAY ZONE  घोषणा गरिनुपर्ने, जीटीएलाई DONER-को सदस्यता दिनुपर्ने, न्यूनतम हाजिरा ऐन लागु गर्नको निम्ति उद्योग अनि वाणिज्य मन्त्रालय टी बोर्ड अफ् इन्डिया अनि टी एडभाइजरी बोर्ड-माथि चाप सृष्टि गर्ने। यसैगरी, गोजमुमोको तर्फबाट चुनाउ आयोगसँग विभिन्न मागहरू राख्ने भएका छन्। जसमा – तीनवटा नयाँ विधानसभा समष्टि बनाएर मोठ पहाडमा 6 वटा विधानसभा समष्टि हुनुपर्ने, पहाडको निम्ति छुट्टै लोकसभा सीट हुनुपर्ने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *