गोजमुमो महासचिव अनित थापासित खरसाङ टाउन कमिटिको समीक्षा बैठक सम्पन्न

खरसाङ  : गोर्खा जनमुक्ति मोर्चा खरसाङ टाउन कमिटीको पार्टीका महासचिव अनित थापासित आज समीक्षा बैठक सम्पन्न भयो। खरसाङको नयाँ बजारस्थित टाउन हलमा गोर्खा जनमुक्ति मोर्चा खरसाङ टाउन कमिटीका सम्पूर्ण संगठनहरूसित पार्टीका महासचिव अनित थापाले समीक्षा बैठक गरे। बैठकमा पार्टीका महासचिव अनित थापाले सबैलाई चुनाउको समय दिएको योगदानको निम्ति धन्यवाद दिँदै चुनाउमा हामी हारे तापनि पार्टी अघि नै बढेको छ, हाम्रो उद्देश्य ध्वंसात्मक राजनीतिलाई हराउनु थियो त्यो हामीले प्राप्त गरेका छौं र यसपालीको चुनाउमा सबै कार्यकर्ता संगठनहरूले खटेको नै हो तर भोट हाल्नेले भोट नै हालेन भने कसैको केही लाग्दैन भनी बताए। मानिसले गोर्खा जनमुक्ति मोर्चाको उम्मेदवारलाई भोट नहाल्नुको कारणहरू बताउँदै तिनले भने, मानिसहरूले केन्द्रमा भाजपाको सरकार छ अनि राज्यमा पनि भाजपा कै सरकार आउँछ भन्ने टेलिभिजन अनि मीडियाको प्रोपागान्डालाई लिएर नै जनताले हामीलाई भोट हालेन तर अहिले मानिसहरू पश्चताउँदैछ र हाम्रो अभियानलाई लक्ष्यसम्म नै पुर्याउनु पर्छ जसको लागि झन जोशिलो भएर काम गर्नुपर्छ भनी सबै पार्टी कार्यकर्ताहरूलाई तिनले आह्वान् गरे।

हामीले भोट हार्यौ तरै पनि हामीले जनताको हितमा काम गर्नु छोडेका छैनौं भनी बताउँदै उपस्थित सबै नै नेतृत्वहरू हुन भन्दै उनले नेतृत्वको चरित्रमाथि प्रकाश पार्दै भने – “नेतृत्व भएपछि आफ्नो क्षेत्रवासीको दुःख सुख बुझ्नुपर्छ नेताले, तालमेल मिलाएर नै काम गर्नु पर्छ, नेतृत्व कहिले पनि निष्क्रिय बन्नु हुँदैन, चुनाउ जित्नु मात्र पार्टी चलाउनु होइन, पार्टीलाई अझ सुदृढ बनाउनु हो भने सिस्टममा काम गर्नुपर्छ। पार्टी अब सिस्टम अनुरूप चल्नेछ भनी बताए। तिनले हाम्रो पार्टीमा शक्तिको विकेन्द्रीकरण हुनु जरुरी देखेको छु, जुन दिन निर्णय लिने प्रक्रिया अनि शक्तिको विकेन्द्रीकरण हुनेछ तब हाम्रो पार्टी स्वतः बलियो बनेर जान्छ। समष्टि अनि संगठनका नेतृत्वहरुले निर्णय लिनु अनित थापालाई पर्खनु नपरोस् र विकेन्द्रीकरणमाथि जोड़ दिँदै तिनले थप भने – सबै कुराको निर्णय अनित थापाले नै लिनु थालेपछि कसरी समष्टि अनि संगठन अघि बढ्नेविकेन्द्रिकरण हाम्रो पार्टीको काम गर्ने नयाँ सिस्टमको भाग रहनेछ भनी बताए। खरसाङ नगरपालिका हाम्रो आफ्नै पार्टीले सञ्चालन गरिरहेको छ, नगरपालिकाका पार्षदहरुलाई सहयोग दिने अपिल गर्दै आज उपस्थित तपाईहरु सबैजना आफ्नो क्षेत्रको नेताहरु हुनुहुन्छ र अब सबैले नेताहरुले जस्तै सोच्नुपर्छ भनी तिनले बताए।

चुनाउ जित्नु र हार्नु राजनैतिक प्रकृति हो भन्दै तिनले सबै मानिसको निम्ति नै काम गर्ने सबैलाई आहवान गर्दै बदलाको भावनाले होइन, बदलाउको भावनाले काम गर्नुपर्छ। हामीलाई भोट नहाल्ने हाम्रो शत्रु होइनन्। तिनीहरूलाई कसरी आफूतर्फ ल्याउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हुनुपर्छ भनी बताए। तिनले अझ भने, “सहयोग गर्ने भावना योग गरेको जस्तो हो। दैनिक रूपमा प्राक्टिस गर्नुपर्छ एकदिन सजिलै आफ्नो व्यवहारमा ल्याउन सकिन्छ। जबसम्म नेतृत्वले आफ्नो क्षेत्रको निम्ति निस्वार्थ भएर काम गर्दैन तब सम्म आफ्नो क्षेत्र कहिले अघि बढेर जाँदैन।” महासचिव अनित थापाले खरसाङ टाउन कमिटीको निम्ति आजदेखि समीरदीप ब्लोनलाई टाउन कमिटीको संयोजक नियुक्त गरेको घोषणा गरे। सभालाई खरसाङ टाउन कमिटीका संयोजक राजु शर्माले पनि सम्बोधन गरेका थिए। आजको समीक्षा बैठकमा खरसाङ टाउनका गोर्खा जनमुक्ति मोर्चाका प्यारेन्ट बडी, युवा मोर्चा, नारी मोर्चा, विद्यार्थी मोर्चा, वार्डका प्रतिनिधिहरू, नगर पार्षदहरूको उपस्थिति रहेको थियो। बैठकलाई अनोस थापाले सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişgrandpashabet girişcashwin girişgrandpashabetcasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes