गोजमुमो मिरिक थाना लाइन शाखा गठन

मिरिक: गोजमुमो (बिमल खेमा)-को मिरिक वार्ड नम्बर तीन थाना लाइन शाखा गठन गरियो। धन कुमार मंग्रातीको निवासमा सम्पन्न सभामा गोजमुमो थाना लाइन गाउँ शाखा गठन गरिएको बताइएको छ। पार्टीको नारी मोर्चा मिरिक महकुमा समिति अध्यक्ष श्रीमती डोमा तामाङ, सदस्य चन्द्रिका गुरूङ, युवा मोर्चा मिरिक महकुमा सदस्य समीर राई, बिरेन प्रधान आदिको उपस्थितिमा सम्पन्न सभामा पार्टीको साङ्गठनिक सुदृढीकरणबारे व्यापक चर्चा-परिचर्चा गर्दै यहाँको थाना लाइन शाखा समिति गठन गरियो। उक्त समितिमा अध्यक्ष गोविन्द पुरी, उपाध्यक्ष पाल्साङ स्याङ्देन, सचिव धन कुमार मङ्ग्राती, सह-सचिव फूर्वा तामाङ, कोषाध्यक्ष सिद्धार्थ राई लगायत सल्लाहकारका रूपमा बिरेन प्रधान, आशिष तामाङ र विजय तोलाङ्गी चयन भएका छन्। यसको साथै सभामा थाना लाइन वार्ड नम्बर तीन शाखालाई बलियो आधार दिन सक्रिय रूपले साङ्गठनिक गतिविधि अघि बढाउने निर्णय पनि लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *