गोजमुमो मिरिक अप्पर स्कुल डाँडाका शीर्ष नेताहरूद्वारा राजीनामा

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक अप्पर स्कुल डाँडाका अध्यक्ष बुद्ध सुब्बा, उपाध्यक्ष सुजन गुरुङ, सचिव सन्धुदास गुरुङ, सह सचिव रञ्जन छेत्री, सदस्य डीबी राई साथै 24 नम्बर समष्टिका प्रतिनिधि सदस्य डन गुरुङले पार्टीबाट राजीनामा दिए। गोर्खा जनमुक्ति मोर्चाले भने जस्तो जनहितमा कार्य नगरेको कारण नै आफूहरूले पार्टीबाट राजीनामा दिएको तिनीहरूले बताए। तिनीहरूले गोर्खा जनमुक्ति मोर्चा अप्पर स्कुल डाँडा शाखा पनि भङ्ग गरिएको जानकारी गराउँदै भावी रणनीतिबारे आउने दिनहरूमा खुलासा गरिने बताए। अर्कोतिर, गत केही दिन अघि राजीनामा दिएका डम्बर छेत्रीले मिरिक बस्तीमा अब गोर्खा जनमुक्ति मोर्चाको संगठन नरहेको जानकारी गराउँदै चाँडै अन्य व्याक्तिहरूले पनि राजीनामा दिने दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *