गोजमुमो नागरी धजे समष्टिको साङ्गठनिक सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा नागरी धजे समष्टिको पहलमा  पार्टी कार्यालयमा आज साङ्गठनिक सभा सम्पन्न भयो। समष्टि अध्यक्ष अञ्जुल चौहानको अध्यक्षतामा सम्पन्न सभामा समष्टि महासचिव किशोर छेत्री, उपाध्यक्ष चन्द्र राई तथा अन्यको उपस्थिति रहेको थियो। सभामा गोजमुमो बिमल खेमा मलट माथिल्लो विभाग शाखाबाट शाखा अध्यक्ष प्रभु तामाङको अगुवाईमा किशोर थापा, डीके ठकुरी, प्रवेश राई, शरद तामाङ गोजमुमो विनय खेमामा सामेल भएका छन्। समष्टि अध्यक्ष लगायत अन्य पदाधिकारीले सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *