गोजमुमो नागरी धजे समष्टिको सांगठनिक सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा नागरी धजे समष्टिको सांगठनिक सभा समष्टि अध्यक्ष अञ्जुल चौहानको अध्यक्षतामा सम्पन्न भयो। आगमी 3 नोभेम्बरको दिन दार्जिलिङमा हुने गोर्खा जनमुक्ति मोर्चाको विराट जनसभामालाई केन्द्र गरेर राखिएको उक्त सभामा नागरी धजिया समष्टि अन्तर्गत सम्पूर्ण भातृ संगठन साथै प्रत्येक बुथ समितिबाट व्यापक रूपमा उपस्थिति भइदिने समष्टि अध्यक्षले सबैसित अपील गरे। यसको साथै वर्तमान परिस्थितिमा सबैजना एक भई संगठन सुदृढ़िकरणको निम्ति गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङ, जीटीए चेयरम्यान  अनित थापाको हात सशक्त पार्न नागरी धजे समष्टि वर्तमान र भविष्यमा पनि सदैव अघि आउने तिनले प्रतिवद्धता जाहेर गरे। आजको सभामा केन्द्रीय समिति सदस्य  सीडी बान्तवा, समष्टि युवा मोर्चा अध्यक्ष कुसुम राई, महकुमा समिति सदस्य  अश्विन स्याङ्देन तथा अन्यले  सम्बोधन गरेका थिए। समष्टि महासचिव किशोर छेत्रीले सञ्चालन गरेको उक्त सभामा केन्द्रीय समिति सदस्यद्वय सीडी बान्तवा, बीबी राई, महकुमा समिति सदस्य अश्विन स्याङदेन, समष्टि उपासभापतिद्वय अमिर गुरूङ, चन्द्र राई, समष्टि युवा मोर्चा अध्यक्ष कुसुम राई, समष्टि डीटीडीपीएलयु उपाध्यक्ष महेश ओझा, हिल तराई प्राथमिक शिक्षक संगठन समष्टि अध्यक्ष शरण गिरी, सांगठनिक दार्जिलिङ महकुमा समिति सचिव प्रमोद शर्मा, नारी मोर्चा सचिवा शिला शर्मा, नारी मोर्चा महकुमा समिति सदस्य रिना छेत्री, बुथ समिति सभापति/सचिव साथै प्रतिनिधिहरू, समष्टि मीडिया सेलबाट बिमल थापा, सत्यम राईसुवर्ण प्रधान, समीर राई, राहुल खवास आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *