गोजमुमो नक्सलबारी ब्लक कमिटी गठन

नक्सलबारी: नक्सलबारी स्थित भैसीहड्डीमा गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) केन्द्रिय सदस्य दुर्गा नारायण प्रधानको अध्यक्षतामा सम्पन्न सभामा आज नक्सलबारी ब्लक कमिटी गठन गरियो। यस अवसरमा गोजमुमो केन्द्रीय महासचिव रोशन गिरी, उपाध्यक्ष विशाल छेत्री, सिलगढी महकुमा समितिका पदाधिकारिहरु बाबू तामाङ, बिमल प्रधान, अलोक गुरुङ, कृष्ण छेत्री आदिको विशेष उपस्थिति रहेको थियो। आज गठन गरिएको नक्सलबारी ब्लक कमिटीमा अध्यक्ष धिरेन योञ्जन, उपाध्यक्ष भिम न्यौपाने, सचिव दिलिप छेत्री, सहसचिव रबिन छेत्री, कोषाध्यक्ष मनबहादुर छेत्री, याम बहादुर छेत्रीसहित कार्यकारिणी सदस्य युवराज लामा, पदम लामा, कृष्ण भुजेल, राजेश शर्मा, मणि भट्टाराई, एनबी छेत्री, राधा थापा, पदम राई, नरबहादुर छेत्री, अशोक शर्मा, लक्ष्मी छेत्री र बिशाल छेत्रीलाई चयन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *