गोजमुमो पोख्रेबुङ चामोङ समष्टिको सभा

सुकेपोखरी : गोजमुमो विनय खेमा पोख्रेबुङ चामोङ समष्टि अन्तर्गत बुथ  नम्बर 288 समरीपानीको सभा आज सम्पन्न भयो। सभामा युवा मोर्चाको सांगठनिक गतिविधिबारे चर्चा गर्नको साथै केही महिना अघिदेखि संयोजकको जिम्मेवारीमा चल्दै आइरहेको युवा मोर्चाको पूर्ण कमिटी गठन गरियो। सभामा बुथ स्तरीय युवा मोर्चा समिति सभापति भास्कर बराईली, उपसभापति दिवाकर बस्नेत, अभिनय राई, सचिव अनिल थापा, सह सचिव दिवा रसाईली, प्रवीण रसाईली, सांगठनिक सचिव विकास गिरी, नीरज शर्मा, कोषाध्यक्ष प्रजय राई लगायत 22 जनाको कार्यकारिणी सदस्य चयन गरियो। अनुप बराईलीको अध्यक्षतामा सम्पन्न सभामा युवा मोर्चा समष्टि सभापति सचिन गुरुङ, सचिव प्रणय राई, कार्यकारिणी सभापति संजीव तामाङ, समष्टि प्रतिनिधि अमित राई, उपेन सुब्बा, समष्टि युवा मोर्चा प्रतिनिधि प्रवीण गुरुङ, भवेश सुब्बा, वसन्त भारती, बुथ कमिटी सचिव सन्दिप सुब्बा, अटल राई, नर्बु मोक्तान, प्रदीप प्रधान, नारी मोर्चा समष्टि प्रतिनिधि राधिका गिरी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *