गोजमुमो पुल बिजनबारी गोक समष्टिमा शहीद दिवस पालन

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा पुल बिजनबारी गोक समष्टिको विभिन्न बुथहरुमा शहीद दिवस पालन गरियो। समष्टि सभापति एसएम राईको मुख्य उपस्तिथिमा बिजनबारीमा शहीद दिवस औपचारिक रूपमा पालन गरियो। यस अवसरमा शहीदहरुको त्याग तथा बलिदानलाई खेरो जान नदिन सबैले प्रण गर्नुपर्ने सभापति राईले बताए। यसरीनै, कोलबुङमा समष्टी सचिव दिपक तामाङको प्रमुख उपस्थितिमा शहीद परिवारहरुलाई सम्मान जनाइयो।  अर्कोतिर किजोम नोर तुम्बायोक कर्मटार लगायत अन्य बुथहरुमा पनि औपचारिक रूपमा आज शहीद दिवस पालन गरियो। गोक तथा पुल बजारमा पनि लकडाउनलाई ध्यानमा राख्दै शहीद दिवस औपचारिक रूपमा आज पालन गरिएको खबर प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *