गोजमुमो पुल बिजनबारी गोक समष्टिले सोसियल मिडिया सेल सक्रिय बनाउने

बिजनबारी : गोजमुमो पुल बिजनबारी गोक समष्टिमा सोसियल मिडियाले पनि पार्टीको अंगको रूपमा कार्य निर्वाह गर्ने भएको छ। सभाको आयोजना गरेर यसलाई संगठन सुदृढ बनाउने एउटा माध्यमको रूपमा मानिने तथापि यसको कठोरताको साथमा निगरानी गरिने भएको छ। समष्टि सभापति एसएम राईको मुख्य उपस्थितिमा बिजनबारी नेपाली धर्मशालामा भएको सभामा समाजिक संजालको उपयोगितालाई प्रभावी रूपमा समष्टिमा लागू गर्न पुल बिजनबारी गोक समष्टि कमिटी नारी मोर्चा, युवा मोर्चा प्रतिनिधि तथा प्यारेन्टस तथा सोसियल मिडिया अनुरागीहरूको एउटा संयुक्त सभामा समष्टि सहसचिव राजेश सुब्बाको संयोजकमा समाजिक सञ्जालको कमिटी चाँडै तयारी गरिने निधो गरियो।  वर्तमानमा प्रचार-प्रसारको निम्ति समाजिक सञ्जाल जनजनसम्म पुग्ने एउटा उपयुक्त तथा प्रभावी साधन भएकोले पार्टीलाई अझ सुदृढ बनाउन समाजिक सञ्जाल एउटा बहु उपयोगी माध्यम रहेको समष्टि सभापति एसएम राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *