गोजमुमो रंगबुल-धोतरिया समष्टि स्तरीय चुनाउ समिति गठन

सोनादा: आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर 17 नम्बर रङ्गबुल-धोतरिया समष्टिको चुनावी सभा गोजमुमो विनय पन्थीका समष्टि अध्यक्ष अमीर राईको अध्यक्षतामा गोर्खा बस्ती सार्वजनिक भवनमा सम्पन्न गरियो। उक्त सभामा समष्टीको 10 वटा बुथहरूको र्कायकर्ता, समष्टि समितिका कार्यकारिणी साथै सदस्यहरू लगायत भ्रातृ संगठन संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन, हिल तराई प्राथामिक शिक्षक संगठन, युवा मोर्चा, नारी मोर्चा, भूतपूर्व सैनिक संगठनका र्कायकर्ताहरू विशेष रूपले उपस्थित थिए। यसवाहेक, समष्टिका प्रमुख सल्लाहकारद्वाय दावा (माईला) डुक्पा, अवकाश प्राप्त कप्तान सीबी तामाङ पनि विशेष रूपले उपस्थित थिए। जोन चारका प्रमुख चुनाउ अधिकारी राजेश चौव्हानले आजको सभामा रंगबुल-धोतरिया समष्टि स्तरीय चुनाउ समिति समष्टि अध्यक्षको नेतृत्वमा उपरोक्त भ्रातृ संगठनहरुलाई लिएर गठन भएको घोषणा गरे। यस अवसरमा बुद्ध लामा, पुष्कर गिरी, निरज लामा साथै राजेश चौव्हानले आगामी विधानसभा चुनाउबारे विस्तृत जानकारी गराँउदै नयाँ सोचँ नँया विचारको व्यवहारिकताको पक्षमा भोट दिने सभाको माध्यमबाट सबैलाई आव्हान गरे। अन्तमा समष्टि अध्यक्ष साथै सभाध्यक्ष अमीर राईले समष्टि अन्तर्गत रहेका सम्पूर्ण बुथहरूले आ-आफ्नो बुथहरूमा चुनावी सभा गरेर व्यापक प्रचार- प्रसार अनि घर-दैलो अभियान गर्ने आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *