भाजयुमो रानीगञ्ज बिन्नाबारी मण्डल-द्वारा चक्करमारीमा सफाई अभियान 

खोरीबारी भारतीय जनता युवा मोर्चा रानीगञ्ज बिन्नाबारी मण्डलको तर्फबाट चक्करमारी सफाई अभियान चलाइयो। यस अवधि साधारण मानिसहरूलाई साफ-सफाईप्रति जागरूक पनि गराए। भाजयुमो मण्डल महासचिव मृणमय रायले बताएअनुसार देशका प्रधानमन्त्री नरेन्द्र मोदीको 71औँ जन्मदिनको अवसरमा गत 17 सेप्टेम्बरदेखि आगामी 7 अक्टोबरसम्म सेवा एवम् समर्पण अभियानको आह्वान गरिएको छ। यसै क्रममा आज चक्करमारी बजारमा साफ-सफाई अभियान चलाइयो। यस अवसरमा भाजपा रानीगञ्ज बिन्नाबारी मण्डल अध्यक्ष भोलानाथ सिद्धा, मण्डल महासचिव सन्तोष कुमार राय, सचिव निरेन बर्मन, नान्टु मण्डल, भाजयुमो मण्डल अध्यक्ष तापस माझी, महासचिव मृण्मय राय, बबीता क्षेत्री लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *