गोजमुमो रेलिङ कैजले समष्टिको सभा सम्पन्न

बिजनबारी : संगठनलाई अझ बलियो तथा सुदृढिकरण गर्ने उद्देश्य लिएर आज गोजमुमो रेलिङ कैजले समष्टिको एउटा सांगठनिक सभा कैजले पन्चवटी भवनमा सम्पन्न भयो। समष्टिभरिको 18 वटा बुथहरूका सांगठनिक नारी तथा युवा तीनैवटा शाखाका प्रतिनिधिहरूलाई लिएर गरिएको सभामा गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल प्रमुख रूपमा उपस्थित थिए।


समष्टि सभापति सरण स्याङ्बोको अध्यक्षतामा सम्पन्न सभामा समष्टि प्रतिनिधिहरूले संगठनलाई कसरी अझ दह्रिलो बनाउन सकिन्छ भन्ने बारेमा व्यापक रूपमा चर्चा परिचर्चा गरियो। यसको साथै पार्टीलाई जमिन स्तरसम्म पुर्‍याउन सामाजिक सञ्जाललाई प्रमुख रूपमा प्राथमिक दिइनेबारे सभामा चर्चा गरेको समष्टि महासचिव मिलन छेत्रीले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *