गोजमुमो रिम्बिक लोधोमा समष्टिद्वारा शहीद दिवस पालन

रिम्बिक: गोर्खा जनमुक्ति मोर्चा रिम्बिक लोधोमा समष्टिले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै समष्टि पार्टी कार्यालयमा एउटा औपचारिक कार्यक्रमको साथमा शहीद दिवस पालन गर्यो। समष्टि सभापति नोर्देन शेर्पाको प्रमुख उपस्तिथिमा सम्पन्न कार्यक्रममा शहीदहरूको प्रतिकृतिमा फुलमाला चढाउनको साथै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गर्यो। यसको साथै तिनीहरूका परिवारका सदस्यहरूलाई सम्मानसहित उपहार प्रदान गरियो। कार्यक्रममा सभापति शेर्पालगायत सचिव मिलन प्रधान, उप-सभापति टासी शेर्पा, समष्टि कमिटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *