गोजमुमो समर्थकमाथि गरिएको घटनाको प्रतिवादमा दार्जिलिङमा पनि पोस्टरिङ

दार्जिलिङ: कालेबुङमा गोर्खा जनमुक्ति मोर्चा समर्थक बिरेन्द्र भुजेल माथि हिजो भएको प्राणघातक हमलाको घोर बिरोध गर्दै आज दार्जीलिङ शहरमा पनि व्यापक रूपमा पोस्टरिङ गरिएको छ। घटनाबारे थानामा अभियोग दर्ता गरेपछि कालेबुङ पुलिसले कुटपिट गर्ने आरोपी सन्तोष भुजेलको खोजी शुरू गरेको छ।


हालसम्म पनि तिनलाई पक्राउ गर्न नसकेपछि पुलिसले तिनको वाहन जफत गरेर थानामा लिएर गएको बताइएको छ। स्मरण रहोस, उक्त घटनाको विरोध जनाउँदै गोजमुमोले कालेबुङ लगायत पहाडका अन्य कतिपय ठाउँहरूमा पनि आज पोस्टरिङ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *