गोजमुमो समष्टि सभापतिद्वारा बाटोको मरमति

बिजनबारी: ग्रामीण भेगमा बस्नेहरूलाई पनि बाटोको सहजता होस् तथा तिनीहरू पनि बुनियाँदी समस्याहरुबाट मुक्त रहुन् भन्ने उद्देश्यको साथमा गोजमुमो पुल बिजनबारी गोक समष्टि सभापति एसएम राई हाल लागी परेका छन्। यसै क्रममा तिनले आफ्नो निजी खर्चमा नै गोक दुई ग्राम अन्तर्गत मिडल कोलबुङ (चापागाईं गाउँ) लाई मुर्मिदाङसम्म जोड्ने बाटोको मरमति गरे। उक्त कामको निम्ति समष्टि सभापतिप्रति स्थानीय मानिसहरूले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *