गोजमुमो समतलका नेता हेमन्त गौतम भाजपामा सामेल

सिलगढी : गोजमुमो बिमल खेमाका केन्द्रीय सहसचिव हेमन्त गौतमले आफ्नो पद तथा पार्टी त्यागेर आज भाजपामा सामेल भएका छन्। सिलगढीको मिलन मोड निवासी हेमन्त गौतमले सिलगढी महकुमा समितिको पार्टी प्रवक्ताको रूपमा पनि विगत 2007 देखि कार्य गर्दै आइरहेका थिए। तिनले भाजपाका राष्ट्रिय संयुक्त सचिव शिव प्रकाश, सचिव अरविन्द मेनन, राज्यका साधारण सचिव सायन्तन बसु, दार्जिलिङका सांसद तथा पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्ट, बालुरघाटका सांसद डा. सुकान्त मजुमदार, जलपाईगढी जिल्लाका पार्टी नेता दीपेन प्रामाणिकको उपस्थितिमा हेमन्त गौतमले भाजपाको झण्डा समाते।


Leave a Reply

Your email address will not be published. Required fields are marked *