गोजमुमो श्रमिक संगठन-द्वारा रोहिणी चियाबारीको परिभ्रमण

खरसाङ : गोजमुमो श्रमिक संगठन (डीटीडीपीएलयु)-को खरसाङ महकुमा समितिले खरसाङको विभिन्न चियाबारीहरूको परिभ्रमण गर्ने क्रममा आज रोहिणी चियाबारीको परिभ्रमण गर्यो। यस परिभ्रमण अवधि तिनीहरूले चियाश्रमिकहरूलाई माक्सहरू वितरण गर्नको साथै चियाश्रमिकहरूलाई चेयरम्यान रिलिफ फण्डको विषयमा जानकारी पनि गराएको बताइएको छ। आजको परिभ्रमण टोलीमा डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिका सभापति प्रणाम रसाईली र प्रचार-प्रसार सचिव सन्तोष तामाङ विशेष रूपमा उपस्थित थिए। द्वयले रोहिणी चियाबारीको श्रमिकहरूसित भेट गरेर चेयरम्यान रिलिप फण्ड विषयमा जानकारी पनि गराए। हालसम्म चेयरम्यान रिलिफ फण्डमा  लगभग 2 करोड़भन्दा अधिक राशि जम्मा भइसकेको प्रणाम रसाइलीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *