गोजमुमो श्रमिक संगठन नेता राजेन प्रधानलाई श्रद्धाञ्जलि अर्पण

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन डीटीडीपीएलयु नागरी धजे समष्टि अन्तर्गत मगरजोङ चियाबारी शाखा अध्यक्ष राजेन प्रधानको हिजो असामायिक निधन भएपछि शोकको लहर छाएको छ। तिनको असामायिक निधनमा गहिरो शोक प्रकट गर्दै गोजमुमो नागरी धजे समष्टिको पहलमा आज शोक सभाको आयोजना गरियो। गोजमुमो समष्टि अध्यक्ष अञ्जुल चौहान, सचिव किशोर छेत्री, श्रमिक सङ्गठनका सञ्जय गिरी तथा अन्यको उपस्थितिमा सम्पन्न शोक सभामा दिवङ्गत राजेन प्रधानको आत्मा शान्तिको कामना गर्दै मौन धारण तथा श्रद्धाञ्जलि अर्पण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *