गोजमुमो शीर्ष टोलीको डा. महेन्द्र पी लामासित भेट

सिलगढी : गोर्खा जनमुक्ति मोर्चाको एउटा शीर्ष टोलीले शिक्षाविद् अनि अर्थशास्त्री डा. महेन्द्र पी. लामासँग आज भेट गऱ्यो। भेट अवधि गोजमुमो टोलीले डा. लामासँग दार्जीलिङ, तराई अनि डुवर्सको निम्ति राजनैतिक समाधान बिषयलाई लिएर व्यापक चर्चा-परिचर्चा गरेको बताइएको छ। विशेष गरेर राजनैतिक समाधानको निम्ति पार्टीले के-कस्तो कार्य योजनाहरु तयार पार्दा उचित हुनेछ भन्ने बिषयमा व्यापक चर्चा-परिचर्चा गरियो। डा. लामाले धेरैपल्ट गोर्खा जाति अनि पहाड, तराई, डुवर्सको विभिन्न समस्याहरुको बिषयमा आवाज उठाइ सकेका छन्। भेट अवधि मोर्चा टोलीको तर्फबाट महासचिव रोशन गिरीले डा. लामाको विमोचन हुन लागेको नयाँ किताब ‘ओ दार्जीलिङ’- को निम्ति पनि अग्रिम बधाई दिए। भेट गर्ने गोजमुमो-को प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी, दार्जीलिङ महकुमा अध्यक्ष पीटी ओला अनि केन्द्रीय सदस्य दिपेन्द्र निरौला सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *