गोजमुमो सोनादा पचेङ समष्टिद्वारा बिमारीहरूलाई आर्थिक सहयोग

सोनादा : सोनादा पचेङ समष्टि अन्तर्गत ओक्स निज गाउँ अनि भुट्टाखेती निवासी दुई बिमारीहरूलाई घरमै गएर भेटघाट गरी दुवैलाई गोजमुमो सोनादा पचेङ समष्टिको तर्फबाट आर्थिक सहयोग प्रदान गरियो। यस अवसरमा गोजमुमो सोनादा पचेङ समष्टिका सभापति सोनाम तामाङ, नारी मोर्चाबाट सचिव सावित्री छेत्री, युवा मोर्चाका सचिव सलिम लोहार, खरसाङ महकुमा सदस्य एनआर भोटिया अनि थेलिन लामा उपस्थित थिए। गोजमुमो सोनादा पचेङ समष्टिका सभापति सोनाम तामाङले भाषणमा होइन कर्ममा विश्वास गर्ने चेयरम्यान अनित थापाको यो एउटा उदाहरण स्वरुप तिनकै निर्देशन र सहयोगमा आफूहरूले बिमारीहरूलाई उपचारको लागि केही आर्थिक सहयोग प्रदान गर्न सक्षम भएका छौं अनि यसको लागि चेयरम्यानप्रति आभार प्रकट गर्दछौं भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *