गोजमुमो सौरेनी समष्टि अनित थापाको साथमा

मिरिक: मिरिक गोजमुमो सौरेनी समष्टिले अनित थापाको साथमा रहेको घोषणा गरेको छ। गोजमुमो समष्टिको सम्पूर्ण भातृ संगठन अनि युवा मोर्चा, नारी मोर्चा सबैले अनित थापालाई नै समर्थन जनाएको बताइएको छ । सबैको सहमतिमा अनित थापाको हात दह्रिलो बनाउन अनि संगठनलाई थप बलियो पारेर जनताको साथमा रहेर संगठन गर्ने भएको जानकारी दिँदै समष्टी प्रमुख सुनिल प्रधानले अब ढाँट छलका राजनीतिदेखि माथि उठेर सही ढंगमा संगठन गर्ने प्रण गरेको पनि बताए। तिनले समष्टि समितिले सबै भातृ संगठनहरुलाई एक साथमा लिएर काम गर्ने भएको जानकारी दिँदै महकुमा समितिको सुझाउ, सर-सल्लाह र निर्देशनमा साथै केन्द्रीय कमिटीको आदेशमा सिस्टममा सङ्गठन अघि बढाउने तय गरिएको पनि बताए। सौरेनी समष्टि हिज पनि अनित थापाको साथमा थियो भने आज पनि छ अनि भविष्यमा पनि अनित थापाको साथमा रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *