गोजमुमो सुके मानेभन्ज्याङ समष्टिद्वारा 74औँ स्वतन्त्रता दिवस पालन

सुकेपोखरी: गोजमुमो सुके मानेभन्ज्याङ समष्टिद्वारा 74औँ स्वतन्त्रता दिवस समष्टि कार्यलयमा साधारण रूपले पालन गरियो। समष्टि सभापति तामाङले राष्ट्रिय ध्वज उत्तोलन गर्नको साथै राष्ट्रिय गीत गाएर स्वतरन्त्रता दिवस पालन गरियो। यस अवसरमा समष्टि सभापति बुद्ध तामाङले सबैलाई 74औँ स्वतन्त्रता दिवसको शुभकामना दिए।


यसैगरी, साङमा चियाबारी अन्तर्गत पर्ने साङमा सिरूबारी 3 गाउँमा पनि स-साना नानीहरूद्वारा 74औँ स्वाधीनता दिवस पालन गरियो। स्थानीय सन्तमान विश्वले सञ्चालन गरेको कार्यक्रमा नयन लामाले राष्ट्रिय झण्डा फहराए भने नानीहरूद्वारा राष्ट्रिय गीत गाएर स्वतन्त्रता दिवस पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *