गोजमुमो सुके बजार खर्किडाँड़ा हस्पिटल लाइन शाखा गठन

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा विमल खेमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत सुके बजारमा रहेको खर्किडाँड़ा हस्पिटल लाइन शाखाको गठन गरिएको छ । प्रेम तामाङको अध्यक्षतामा स्थानीय खर्किडाँडा सामुदायिक भवनमा सम्पन्न सभामा सभानेत्री श्रीमती पेमा सुब्बा, उपाध्यक्ष प्रकाश घिमिरे, सचिव कसलम्हु भोटिया, संयुक्त सचिव सन्ध्या राई तथा कोषाध्यक्षद्वय दीव्य गुप्ता र सुमित्रा गुप्ता लगायत 18 जनाको कार्यकारी समिति गठन गरिएको छ । सभामा केन्द्रिय सदस्य निमा ग्याल्जेन शेर्पा, नारी मोर्चा केन्द्रिय सदस्या सविता लेप्चा, समष्टि प्रमुख पेम्बा शेर्पा, उपाध्यक्ष शेखर गुरुङ, महासचिव विध्यासागर खतिवड़ा, सहसचिवद्वय लाक्पा शेर्पा अनि कमल गुरागाँई, सुके बजार समिति नारी मोर्चा प्रमुख गीता शेर्पा, सचिव दालम्हु शेर्पा लगायत अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *