गोजमुमो तामसाङ खासमल शाखा सभापति देवमान छेत्री भागोप्रमो-मा सामेल

बिजनबारीको चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत गोर्खा जनमुक्ति मोर्चाका संस्थापक सदस्य एवम् तामसाङ खासमल शाखाका गोर्खा जनमुक्ति मोर्चा सभापति देवमान छेत्रीले आफ्नो पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समष्टि को-अर्डिनेसन समिति सदस्य गोविन्द गुरूङ, दिपेन राई, महेश राईको पहलमा पार्टीका केन्द्रीय समिति उपाध्यक्ष सतिश पोख्रेल अनि समष्टि संयोजक सन्दीप छेत्रीको बाहुलीबाट देवमान छेत्रीले आज दलीय झण्डा ग्रहण गरे। गोजमुमो पार्टी छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्नुको कारण जान्न चाहँदा तिनले भने, हालसम्म गोजमुमोको एकजना सिपाही बनेर गत 2007 देखि खट्दै आए तर अब उक्त पार्टीमा बसेर कार्य गर्न असमर्थ भएकोले गर्दा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल बनेको हुँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *