गोजमुमो तीनधारे-महानदी समष्टि स्तरीय चुनाउ कमिटी गठन

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिनय अनित खेमाको तीनधारे- महानदी समष्टिको सभा घैयाबारीमा नारी मोर्चाका समष्टि सभापति नीरा प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा आगामी विधान सभा चुनाउलाई ध्यानमा राखेर तीनधारे-महानदी समष्टि स्तरीय चुनाउ कमिटी गठन गरिएको छ। आगामी विधान सभा चुनाउको रणनीति विषयमा समष्टिको कार्यकारी सभापति सीबी राई, समष्टि युवा मोर्चाका सभापति केवल राई र सचिव सञ्जीव मंगरले वक्तव्य राखेका थिए। सभामा गोजमुमो केन्द्रीय समिति र खरसाङ महकुमा समितिको निर्देशन अनुसार तीनधारे- महानदी समष्टी स्तरीय चुनाव कमिटी गठन गरिएको बताइएको छ। उक्त कमिटीमा चिफ् को-अर्डिनेटर राजीव थापा, जोइन्ट को-अर्डिनेटर सीबी राई, रबीन सुब्बा, केवल राई, राजु लामा, निखिल छेत्री चयन गरिएको छ। त्यसरी नै प्रमुख सल्लाहकारमा समष्टि सचिव सञ्जीव लामा, नारी मोर्चाबाट निरा प्रधान, भगवती प्रधान, युवा मोर्चाबाट सञ्जीव मंगर, डीटीडीपीएलयुबाट गणु छेत्री, मनोज प्रधान, भूतपूर्व सैनिक संगठनबाट मणिकुमार छेत्री, कृष्ण प्रधान, माध्यमिक शिक्षक संगठनबाट राजु थापा र प्रवीण राई, प्राथमिक शिक्षक संगठनबाट राजेश थापा र महेन्द्र तामाङ लगायत सुकुमार बराइली र युवराज सुन्दास आदि चयन गरिएको छ। त्यसरी नै सल्लाहकारमा सुदन लकान्द्री, जनक छेत्री, सागर गुरूङ, अनिल राई आदिलाई चयन गरिएको छ। सभाको निर्णय अनुसार समष्टि चुनाव कार्यालय सञ्चालन हेतु साजन दर्जी, बिनय छेत्री, नवराज छेत्रीलाई चयन गरिएको छ भने समष्टि चुनाव कार्यालय प्रमुखको रुपमा सुदन लकान्द्री र प्रणय गुरूङलाई चयन गरिएको छ। त्यसरी नै मिडिया सेलमा सञ्जीव  मंगर, बिक्की पाख्रीन, नवराज राई, नरसाङ वाइबा, सृजना तामाङ आदि चयन गरिएको छ। उक्त समष्टि चुनाव कमिटीको पदाधिकारीहरूद्वारा समष्टिको 22 वटै बुथहरूमा गएर सभा गरी बुथ स्तरीय चुनाउ कमिटी र भिलेज कमिटी पनि चयन गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes