गोजमुमो टिङलिङ चियाबारी शाखा गठन

मिरिक: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको मिरिक सौरेनी समष्टीले आफ्नो साङ्गठनिक गतिविधिलाई तीव्र बनाएको छ। यसै क्रममा हिजो साँझ टिङलिङ गढी मैदान गाउँमा गोर्खा जनमुक्ति मोर्चा, सौरेनी समष्टि संयोजक संगम राईको अध्यक्षतामा सम्पन्न सभामा गोजमुमो टिङलिङ चियाबारी शाखा गठन गरियो। टिङलिङमा बसेको सभामा विष्णु शर्मा अध्यक्ष अनि मणि रिजाल सचिवको पदमा छनौट गरिएको छ। तिनीहरू जनमुक्ति मोर्चा, टिङलिङ शाखाका संस्थापक अध्यक्ष र सचिव हुन् । विगत तीन वर्ष भन्दा अधिक अवधिमा तिनीहरूलाई थुप्रै प्रलोभन देखाइए तापनि तिनीहरू सिद्धान्तमा अडिग बसेका थिए। यसैगरी, सन्तवीर बस्नेतलाई उपाध्यक्ष र विरेन राणालाई उपसचिव तथा प्रेमलाल रिमाल कोषाध्यक्षका रूपमा चयन भएका छन् । अशोक खड्का, अम्बर अधिकारी, रणवीर गुरूङ, कैलाश रिजाल र सुरेन गुरूङ कार्यकारी सदस्यका रूपमा चयन भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *