गोजमुमो टोलीद्वारा खरसाङ महकुमा शासकलाई स्वागत

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा 2 खरसाङ महकुमा समितिको एउटा प्रतिनिधि टोलीले आज हालै सरुवा भएर आएका खरसाङको महकुमा शासकलाई भेटेर पार्टीको तर्फबाट स्वागत जनाए। गोजमुमो खरसाङ महकुमा सचिव प्रणाम रसाइलीको अगुवाईमा गएको उक्त टोलीका सदस्यहरूले महकुमा शासकसित तिनकै कार्यालयमा सौहाद्रपूर्ण भेटघाट गर्नको साथै खदा अनि अंग वस्त्र लगाइ दिएर तिनलाई स्वागत जनाए। उक्त प्रतिनिधि टोलीमा महकुमा समितिको पक्षबाट गोजमुमो केन्द्रीय सदस्य दया देवान, खरसाङ महकुमा समिति उपसभापति प्रेम प्रधान, प्रचार-प्रसार सचिव भक्तिमान तामाङ, बलराम छेत्री, संजोक रोका, फिरोज खान, सुबास छेत्री, युवा मोर्चा महकुमा सभापति पेमेन्द्र गुरुङ आदि थिए। यस भेट अवधि युवा मोर्चाका सभापति पेमेन्द्र गुरुङले हाल कोरोना महामारीको समय बजारमा विभिन्न सर-सामानहरुको दाम बढाएको तथा सामान बोक्नेहरूले अधिक रूपियाँ लिइरहेको बारे अवगत गराउँदै यसबारे महकुमा शासकलाई निगरानी गरिदिए असल हुने कुरा जनाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *