गोजमुमो टोलीको केन्द्रीय गृह राज्यमन्त्री रेड्डीसँग भेटवार्ता

नयाँ दिल्ली : गोर्खा जनमुक्ति मोर्चा (विमल खेमा)-को एउटा प्रतिनिधि टोलीले आज दिल्लीमा भारत सरकारको केन्द्रीय गृह राज्यमन्त्री जी किशन रेड्डीलाई भेट गरे। यस अवधि प्रतिनिधि टोलीले भाजपाको सङ्कल्प पत्रमा उल्लेखित गरिएको दुईवटा मुख्य बुँदाहरू गोर्खाहरूको स्थायी राजनैतिक समाधान अनि 11 जातलाई जनजातिको मान्यता प्रदान गर्ने विषयलाई चाँडोभन्दा चाँडो पुरा गरिनुपर्नेबारे एउटा ज्ञापन पत्र तिनलाई सुम्पिएको बताइएको छ। भेट वार्तामा केन्द्रीय गृह राज्यमन्त्री रेड्डीले यस विषयमा आज नै गृह मन्त्री अमित शाहसँग भेट गरेर चाँडै यसको समाधान गर्ने टोलीका प्रतिनिधिहरूलाई आश्वासन दिएका छन्। यसको साथै केन्द्र सरकार सधैँ गोर्खाहरूको साथमा रहेको बारेमा पनि मन्त्रीले टोलीका प्रतिनिधिहरूलाई विश्वस्त गराएको बताइएको छ। गोजमुमो प्रतिनिधि टोलीको नेतृत्व क्षेत्रीय सांसद राजु विष्टको उपस्थितिमा गोजमुमो कार्यकारी अध्यक्ष डा. लोपसाङ लामाले गरेका थिए भने डा. बिनु सुन्दास, लीला कुमार गुरूङ, अनिल लोपचन आदि रहेको पार्टी सूत्रले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *