गोजमुमो टोलीको क्रामाकपा-का नेताहरूसित भेटवार्ता

दार्जिलिङ (निसं): गोजमुमोले वर्तमान पहाड अनि तराई डुवर्सको राजनैतिक  परिवेशलाई सच्याउन साथै जातीय मुद्दाप्रति समर्पित सम्पूर्ण क्षेत्रीय राजनैतिक पार्टीलाई भेट्ने क्रम जारी राखेको छ। यसैक्रममा आज गोजमुमोको एउटा केन्द्रिय प्रतिनिधि  टोलीले क्रामकपा-को केन्द्रीय कार्यालय दार्जिलिङमा केन्द्रिय समितिका पदाधिकारीहरूसित भेटवार्ता गर्यो। यस भेट अवधि विगतमा भएको भूललाई एकापट्टी थन्काएर जातीय स्वार्थमा एक भएर समाजिक,राजनैतिक  निकासको निम्ति  भविष्यमा गर्नु पर्ने क्षेत्रीय कार्यक्रमहरुमा एक भएर लडने दुई पक्षमाझ सहमति भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *