गोजमुमो टोलीको मिरिक खण्ड विकास कार्यालयका आधिकारीहरूसित भेटवार्ता

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा समितिको तीन सदस्यीय टोलीले मिरिक खण्ड विकास कार्यालयमा गएर खण्ड विकास अधिकारी लगायत विभिन्न विभागका अधिकारीहरुसित आज भेटवार्ता गऱ्यो। आजको गोजमुमो प्रतिनिधि टोलीमा रामचन्द्र राई, छेवाङ तामाङ र अर्पण राई सामेल थिए। मिरिक खण्ड क्षेत्रमा रहेको 6 वटा ग्राम पञ्चायतबाट जनताको बुनियाँदी समस्या समाधान गर्न र सरकारले जनताको निम्ति विकासमूलक कार्य र रोजगारमूलक कामहरू गुणस्तर र पारदर्शी गराउन हेतु जनताको पक्षबाट गोर्खा जनमुक्ति मोर्चा पार्टीले आगामी 7 फरवरीको दिन ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *