गोजमुमो टोलीले भेट्यो खाद्य मन्त्री रतिन घोषलाई

सिलगढी: कोलकातामा रहेको तीन सदस्यीय गोजमुमो प्रतिनिधि टोलीले आज राज्यका खाद्य मन्त्री रतिन घोषलाई भेटेर पहाडको विभिन्न बिषयमा बातचित गरेको छ। प्रतिनिधि टोलीले खाद्य वितरण प्रणालीमा सुदृढीकरण ल्याउनु पर्ने कुरा राखे भने पहाडको गरीब जनताको निम्ति अन्त्योदय अन्न योजना (एएवाई) कार्डधारकहरुले पाउनु पर्ने खाद्य वितरण गरिनु पर्ने, राज्य खाद्य सुरक्षा योजना (आरकेएसवाई) कार्डधारकहरूले  प्रधानमन्त्री गरिब कल्याण योजना अन्तर्गत (पीएमजीकेवाई) अन्तर्गत पाउने राशन पाउनु पर्ने माग राखेको छ। पार्टी महासचिव रोशन गिरी, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल रहेको प्रतिनिधि टोलीको कुरा सुनेपछि मन्त्री रतिन घोषले तत्कालै सम्बन्धित अधिकारीलाई जनताको हितमा कार्य गरिदिने निर्देश दिएको प्रतिनिधि टोलीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *