गोजमुमो ट्रेड युनियनका प्रतिनिधिगण अनि अनित थापामाझ समीक्षा बैठक

खरसाङ : गोजमुमो विनय खेमाको श्रमिक संगठन दार्जिलिङ तराई-डुवर्स प्लान्टेसन लेबर युनियनको एउटा प्रतिनिधि टोलीले संगठनका अध्यक्ष करूणा गुरूङको नेतृत्वमा आज खरसाङको टाउन हलमा पार्टी महासचिव अनित थापासित एउटा महत्वपूर्ण बैठक गरेको छ। यस अवसरमा पार्टीको श्रमिक संगठनलाई कसरी अझ सुदृढ र बलियो बनाउने भन्ने विषयमा बैठकमा व्यापक चर्चा-परिचर्चा गरेको बताइएको छ। बैठकमा पार्टी महासचिव अनित थापाले भने, ट्रेड युनियन पार्टीको मेरूदण्ड हो, तर यसलाई पार्टीले अझसम्म अवहेलना गरे झैँ लाग्यो। तर अब पार्टीले ट्रेड युनियनसित नजिकमा बसेर काम गर्नेछ। तिनले श्रमिक संगठनले कमानवासीको निम्ति केही गर्नुपर्छ भन्ने सोच लिएर काम गर्नुपर्ने सल्लाह दिए। यसको साथै तिनले संगठनलाई सिस्टममा चलाउनुपर्ने बताउँदै श्रमिकहरूको निम्ति काम गर्नु नै श्रमिक संगठनको पहिलो उद्देश्य हुनुपर्छ भनी बताए। अर्कोतिर, बैठकमा ट्रेड युनियनका नेताहरूले भोग्न परेका विविध समस्याहरूको विषयमा उठान गर्नको साथै संगठनको ढाँचामाथि पनि चर्चा गरियो। बैठक अवधि संगठनमा विज्ञ व्यक्तिहरूलाई पनि समावेश गरिनुपर्ने निर्णय लिएको बताइएको छ। आजको बैठकमा पार्टी महासचिव अनित थापा लगायत श्रमिक संगठनको पक्षबाट जेबी तामाङ, भरत राई, प्रणय रसाईली, करूणा गुरूङ, अनोस थापा एवम् अन्य श्रमिक नेताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes