गोजमुमो उपाध्यक्ष सतिश पोख्रेलले गरे ट्याक्सी चालकहरुसित बैठक

बिजनबारी: वाहन भाडालाई लिएर आज बिजनबारीको रेलिङ कैजले तथा रिम्बिक लोधोमा भेगका चालकहरुसित गोर्खा जनमुक्ति मोर्चा उपाध्यक्ष सतिश पोख्रेलले बैठक गरे। सभामा चालकहरुले आ-आफ्नो समस्याहरु उपाध्यक्ष पोख्रेलसामु राखे भने स्थानीय मानिस तथा चालक दुवै पक्षलाई असुविधा नहुने गरी चालकहरुले सामाजिक दुरत्वलाई कायम राख्दै मानिसहरू बोक्ने तथा ग्राहकहरुसँगको आपसी बातचितमा समय सापेक्ष भाडा लिइने निर्णय गरियो। सभा बारेमा उपाध्यक्ष पोख्रेल तथा चालक प्रतिनिधिले जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *