गोजमुमो-को युवा मोर्चाद्वारा आजदेखि साङ्केतिक भोकहडताल शुरू

दार्जिलिङ : वर्ष 2011-को मेमोरेन्डम अफ् एग्रिमेन्ट अनुसार तराई-डुवर्सको 296 वटा मौजाहरूलाई अन्तर्भुक्ति गरिनुपर्ने अनि सम्पूर्ण विभाग तथा क्षमताहरूको हस्तान्तरणपछि नै जीटीए-को चुनाउ गराइयोस् भन्ने माग गर्दा आजदेखि गोजमुमो-को युवा मोर्चाद्वारा दार्जिलिङ सिंहमारीस्थित पार्टी कार्यालयमा साङ्केतिक भोकहडताल शुरू गरेको छ। आज पहिलो दिनको हडतालमा युवा मोर्चा केन्द्रीय समितिका शीर्ष नेतृत्वहरू क्रमैले दिपेन माले, नोमन राई, प्रतीक राई, विजय मगर र उदय छेत्री बसेका छन्। अनशन स्थलमा जाति र माटोको सुरक्षाको निम्ति सम्पूर्ण गोर्खा एक हौँ, टुटेर होइन फुटेर होइन, एकजुट भइ अघि बढौँ, जीटीए-को चुनाउ चाहदैनौँ आदि जस्ता पोस्टरहरू लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *