गोजमुमो युवा मोर्चा खरसाङ महकुमा समितिको साङ्गठनिक सभा

खरसाङ, : युवा मोर्चा खरसाङ महकुमा समितिका साङ्गठनिक सचिव मुकेश मंगरको सभापतित्वमा खरसाङ बजारस्थित पार्टी कार्यालयमा सम्पूर्ण समष्टिका युवा मोर्चा सभापति, सचिव लगायत खरसाङ टाउन कमिटीका युवा मोर्चा साथै सदस्यहरुलाई लिएर आज सभा सम्पन्न भयो। सभामा विशेष गरेर साङ्गठनिक विषयमा चर्चा-परिचर्चा गरिएको तथा आगामी दिनहरुमा युवा मोर्चा महकुमाका उपसभापतिहरूको महत्वपूर्ण भूमिका रहने साथै जीटीए बिषयमा जुन चुनाउको कुरा चल्दैछ, त्यसको विरोधमा युवा मोर्चाले राज्य सरकारलाई पत्राचार गर्ने महकुमा युवा मोर्चा महासचिव संजीव सुबेदी छेत्रीले बताए। सभामा युवा मोर्चा केन्द्रीय समिति सदस्य बिकास खवास अनि अनमोल थापाको प्रमुख उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *