गोजनामो खरसाङ टाउन कमिटीको बैठक सम्पन्न

खरसाङ : गोर्खा जनमुक्ति नारी मोर्चा खरसाङ टाउन कमिटीको एउटा बैठक आज खरसाङस्थित टाउन हलमा सम्पन्न भयो। उक्त बैठकमा पार्टी महासचिव अनित थापाको पनि विशेष उपस्थिति रहेको थियो। बैठकमा नारी मोर्चाका केन्द्रीय अध्यक्ष छिरिङ दाहाल अनि महकुमा समितिका वर्तमान संयोजक सदस्य अनोस थापा, समीरदीप ब्लोन पनि उपस्थित थिए। बैठकमा नारी मोर्चालाई नविनीकरण गर्ने विषयमा चर्चा परिचर्चा गर्नको साथै नारी मोर्चालाई अझ बलियो बनाउने पहलमाथि विशेष जोड दिइयो।


सभामा नारी मोर्चा खरसाङ टाउन कमिटीका अध्यक्ष सविता कार्कीले गोर्खा जनमुक्ति मोर्चाले चुनाउपछि भेटघाट गरेको थिएन, चुनाउमाथि मन्थन पनि गर्नु थियो र नारी मोर्चाका सदस्यहरूलाई धन्यवाद दिनको लागि आजको बैठकको आयोजना गरिएको बताइन्। तिनले अझ भनिन्, पार्टीका महासचिव अनित थापा अनि नारी मोर्चाका अध्यक्षा छिरिङ दाहालको उपस्थितिले हामीलाई थप ऊर्जा दिएको छ। हामी अझ बलियो भएर अघि बढ्नेछौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *