गोजपु-को आयोजनामा खरसाङ जातीय विभूति उद्यानमा भानु जयन्ती पालन

खरसाङ : गोर्खा जन पुस्तकालय खरसाङको आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको 207औं जन्म जयन्ती पालन गरियो। खरसाङको पंखाबारी रोडस्थित जातीय विभूति उद्यानमा आदि कविको जन्म जयन्ती पुस्तकालयको सभापति पूर्ण गुरुङ निरूपमको अध्यक्षता तथा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न भयो। यसपाली कोरोनाको महामारीले ठूलो कार्यक्रम गर्न नसके तापनि कोरोनाको नियमलाई पालन गर्दै श्रध्दाञ्जली कार्यक्रमको रुपमा पालन गरिएको थियो। पुस्तकालयको मूल सचिव विनोद रसाईलीले सञ्चालन गरेको कार्यक्रममा विशिष्ठ अतिथिहरूमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङका पूर्व विधायक डा. रोहित शर्मा, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकको सभापति आशा मुखिया लामा, वार्ड पार्षद शिव नेगी, तिलक शर्मा, लिली छेत्री आदि उपस्थित थिए। कार्यक्रममा कविद्वय द्वारिका छेत्री र पी लक्की शेर्पाले कविता वाचन गरे। त्यसरी नै रामायण पाठ एचएस बस्नेत र आशा मुखिया लामाद्वारा गरिएको थियो भने एचएस बस्नेतलाई पुस्तकालयको पक्षबाट शल ओढ़ाएर बिर्खे टेपी लगाई सम्मान जनाइयो। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीबाट आदिकवि भानुभक्तको सालिगमा खदार्पणसहित धुप द्वीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरियो। कार्यक्रममा गोर्खा जन पुस्तकालयको पूर्व सभापति तिलक शर्माले आफ्नो सम्बोधनमा सन् 1976 देखि अहिलेसम्म गरिएको भानु जयन्ती कार्यक्रम र गोर्खा जातीय विभूतिहरूको सालिग निर्माण विषयमा विवरण सुनाए। तिनले खरसाङको गोर्खा जातीय विभूति उद्यानमा अझ दुईजनाको सालिग निर्माण कार्य भइरहेको र पाद्री गङ्गाप्रसाद र पारसमणि प्रधानको सालिगहरू पनि निर्माण भइसकेको बताएका छन्। आजको कार्यक्रममा प्रमुख अतिथि खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले गोर्खा जातीय विभूति उद्यानको संरक्षण र सुन्दरीकरणको लागि नयाँ बोर्डको सभामा पनि कुरा उठान गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes