गोजयुमो नेता सञ्जय थुलुङमाथि प्राणघातक हमला

दार्जिलिङ : गोर्खा जनमुक्ति युवा मोर्चा (विनय खेमा) केन्द्रीय समितिका प्रमुख सल्लाहकार सञ्जय थुलुङमाथि गत राति प्राणघातक हमला भएको छ। तिनी हाल दार्जिलिङको इडेन हस्पिटलमा सिकिस्त अवस्थामा उपचाराधिन अवस्थामा छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पार्टीका समर्थकहरूले तिनीमाथि गत राति प्राणघातक हमला गरेको गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय समिति अध्यक्ष अमृत योन्जनले आरोप लगाएका छन्। अमृत योञ्जनद्वारा जारी विज्ञप्ति अनुसार सञ्जय थुलुङमाथि हिजो राति 8 बजे घर फर्कीरहेको समय गोरामुमोका लगभग 15- 20 जना क्याडरहरुले प्राण घातक हमला गरेका छन्। उक्त घटनाको गोजमुमो-को युवा मोर्चाले घोर विरोध जनाउँदै दोषीहरूलाई प्रशासनले झट्टै पक्राउ गर्नपर्ने तिनले माग गरेका छन। तिनले यो एउटा राजनैतिक हत्या गर्ने षड्यन्त्र हो भनि विज्ञप्तिमा बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *