गोजयुमो प्रतिनिधि टोलीको केन्द्रीय मन्त्रीहरूसित भेट तथा ज्ञापन

दिल्ली: दिल्ली जन्तरमन्तर धरना प्रदर्शनपछि गोर्खा जनमुक्ति युवा मोर्चाको प्रतिनिधि टोलीले भाजपाले संकल्प पत्रमा उल्लेख गरेको दुईवटा मुद्दा सम्बन्धमा केन्द्रीय मन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र बुझाए। उक्त प्रतिनिधि टोलीले राज्य गृह मन्त्री निशिथ प्रामाणिक, राज्यका अल्पसंख्यक मन्त्री जोन बारला तथा राष्ट्र स्वयंसेवक संघका प्रमुख प्रभारी ईन्द्रेससित भेट गरेर आगामी लोकसभा चुनाउअघि भाजपाले संकल्प पत्रमा उल्लेख गरेको प्रतिबद्धता पुरा गरेको हुनुपर्छ भन्ने माग गर्दै ज्ञापन पत्र चढाएको बताइएको छ। गोर्खाहरूले बिस्तारै भाजपाप्रतिको राजनैतिक विश्वास गुमाउँदै गइरहेको प्रतिनिधि टोलीले बताए।

अब गोर्खा जन मुक्ति मोर्चाले भाजपाले केही नगरेको खण्डमा वैकल्पिक राजनीति गर्नु बाध्य हुनेछ भनी तिनीहरूले बताए। भाजपाले गोर्खाहरूको अधिकार तथा दीर्घकालिन माग बंगालदेखि छुट्टै राज्य गोर्खाल्यान्ड निर्माण गर्नुपर्छ भन्ने कुरामा तर्क पेश गर्यो। 2024 अगावै भाजपाले गोर्खा अनि प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रको निम्ति केही समाधान ल्याउने मन्त्रीहरूले आश्वासन दिएको केन्द्रीय नेतृत्व नरेन्द्र काम्बाङले जानकारी दिएका छन्। उक्त प्रतिनिधि टोलीमा नरेन्द्र काम्बाङ युवा मोर्चा सचिव नमोन राई, अनिल लोचन, पूर्णसिंह राई गोर्खा, बालकृष्ण थापा, अन्मोल थापा, सचिन छेत्री उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes