गोल्डन टोक्केसहित 3 जना पक्राउ

राजगञ्ज : बेलाकोबा रेञ्जका वन कर्मीहरूले विलुप्त प्रजातिको एउटा गोल्डन टोक्के सहित तीनजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले थुटान जुम्बा, नर बहादुर लामा, नाडुराम पेगाग सामेल छन्। तिनीहरूमध्ये थुटान जुम्बा अरुणाचल प्रदेश निवासी हुन् भने नर बहादुर लामा र नाडुराम पेगाग  असम निवासी हुन्। गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा हिजो राति मालबजार ब्लकको उदलाबारीमा अभियान चलाएर विलुप्त प्रजातिको एउटा गोल्डन टोक्के सहित तीनजना व्यक्तिलाई पक्राउ गर्नको साथै एउटा वाहन पनि जफत गरेको छ।


बेलाकोवा रेञ्जर सञ्जय दत्तले बताएअनुसार गोप्य सूचनाको आधारमा हिजो राति अभियान चलाएर गोल्डन टोक्केसहित तीनजना व्यक्तिलाई पक्राउ गरेको हो। पक्रा परेका आरोपीहरूसित सोधखोज गर्दा मेघालयबाट उक्त टोक्के नेपाल तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो भने लगभग 25 लाख रुपियाँमा यसलाई बिक्री गर्ने तिनीहरूको उद्देश्य रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *