गुड फ्राइडे-मा शान्ति ऱ्यालीको आयोजना

मिरिक: मिरिकको फुवागढीमा आज गुड फ्राइडे-को शुभ अवसरमा शान्ति र प्रेमको शुभ सन्देश छर्दै ख्रीष्ट धर्मावालम्बीहरूद्वारा एउटा शान्तिपूर्ण ऱ्याली निकालिइयो। फुवागढीको आराधना चर्चको आयोजनामा निकालिइएको उक्त शान्ति ऱ्यालीमा चर्चसित आवद्ध रहेका यस क्षेत्रका ख्रीष्ट धर्मावालम्बीहरू लगायत अन्य विभिन्न चर्चबाट पनि सहभागिता जनाएका थिए। यस अवसरमा गुड फ्राइडेको महत्व तथा विशेषता माथि चर्चको पक्षमा राजीव सुब्बाले विस्तृत जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *