गोपाल लामाले 18 नम्बर वार्डमा गरे चुनाउ प्रचार

सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाले सिलगढी नगर निगमको 18 नम्बर वार्डमा चुनाउ प्रचार गरे। यस अवसरमा उम्मेदवार गोपाल लामासित दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेस सभानेत्री पापिया घोष, दार्जिलिङ जिल्ला महिला तृणमूल काङ्ग्रेस सभानेत्री सुष्मिता बोस मित्र लगायत अन्य समर्थकहरू उपस्थित थिए। आज चुनाउ प्रचार गर्न अघि सभानेत्री पापिया घोषले 18 नम्बर वार्डको राधा गोविन्द मन्दिरमा पुगेर पूजा-अर्चना गरिन्। यसपछि उम्मेदवार गोपाल लामाको साथमा वार्डको प्रत्येक घर-घर अनि बाजारमा पुगेर चुनाउ प्रचार गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *